नियम १६
प्रमुखको काम, कर्तव्य र अधिकार
ऐनको दफा १७ बमोजिमका काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रमुखको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) समिति, प्रदेश जीवनाशक विषादी व्यवस्थापन समिति, निरीक्षक र अन्य सरोकारवाला विभिन्न ८ निकायसँग विषादी व्यवस्थापन सम्बन्धी-कार्यमा समन्वय गर्ने,

(ख) जीवनाशक विषादीको गुणस्तर निर्धारित मापदण्ड बमोजिम भए नभएको अनुगमन तथा परीक्षण गरी वा गर्न लगाई मापदण्ड विपरीत भएको पाइएमा कारबाही गर्ने,

(ग) जीवनाशक विषादीले मानव, पशुपन्छी र वातावरणमा पार्ने असर न्यूनीकरण गर्नको लागि आवश्यक कार्य गर्ने,

(घ) समितिले दिएको निर्देशन तथा निर्णय कार्यान्वयन गर्ने।