दफा २६९
प्रयोग भएको टिकट पुनः प्रयोगमा ल्याउन नहुने

(१) एक पटक प्रयोग भइसकेको टिकट हो भन्ने जानीजानी त्यस्तो टिकट कसैले पुनः सद्दे सरह प्रयोग गर्न, सद्दे सरहप्रयोग गर्ने नियतले टिकटमा लागेको छाप वा चिह्न मेट्न, खुर्कन वा उडाउन वा त्यसको उद्योग गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।