दफा २७
प्रयोगशालाको स्थापना
(१) जीवनाशक विषादीको गुणस्तर तथा अनुसन्धानात्मक परीक्षण लगायतका कार्य गर्नको लागि मन्त्रालयले जीवनाशक विषादी सम्बन्धी प्रयोगशाला स्थापना गर्न सक्नेछ।
(२) मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुने गरी प्रदेश सरकारले विषादी सम्बन्धी प्रयोगशाला स्थापना गर्न सक्नेछ।
(३) उपदफा (१) र (२) बमोजिमको प्रयोगशाला स्थापना नभएसम्मको लागि मन्त्रालयले हाल नेपाल सरकारको लगानीमा सञ्चालन भएका वा निजीस्तरमा स्थापना भई सञ्चालनमा रहेको मान्यताप्राप्त प्रयोगशालालाई उपदफा (१) र (२) बमोजिमको प्रयोगशालाको रूपमा काम गर्ने गरी तोक्न सक्नेछ।