नियम २४
प्रयोगशालामा परीक्षण गराउन वा विशेषज्ञको राय लिन सक्ने
प्राविधिक परीक्षकले नियम १८ बमोजिम पेश गरेको प्रतिवेदन वा नियम २० बमोजिम दिएको जानकारीको आधारमा केन्द्रले आयोजनामा प्रयोग भएको कुनै वस्तु वा निर्माण सामग्रीलाई प्रयोगशालामा परीक्षण गराउन वा सो सम्बन्धमा विशेषज्ञको राय लिन सक्नेछ ।