नियम १९
प्रयोगात्मक परीक्षा
(१) विषयको प्रकृति हेरी आवश्यक ठानेमा आयोगले प्रयोगात्मक परीक्षा लिनेछ ।
(२) प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित उम्मेदवारलाई त्यस्तो परीक्षाको लागि साधन उपलब्ध भएको अन्य कुनै कार्यालय वा संस्थामा पठाउन सक्नेछ । त्यसरी प्रयोगात्मक परीक्षा लिँदा आयोगले सम्बन्धित विषयको विशेषज्ञको समेत सहयोग लिन सक्नेछ ।