नियम ३४
प्रवक्ता तोक्ने
(१) मन्त्रिपरिषद्ले आफूले सम्पादन गर्ने वा सम्पादन गरेका कार्य सार्वजनिक जानकारीमा ल्याउने
प्रयोजनको लागि कुनै मन्त्रीलाई प्रवक्ता तोक्न सक्नेछ ।
(२) यस नियमावलीमा अन्यथा व्यवस्था भएकोमा बाहेक मन्त्रिपरिषद्को प्रवक्ताको काम, कर्तव्य
देहाय बमोजिम हुनेछ –
(क) सुरक्षाको दृष्टिले गोप्य राख्नुपर्ने वा संवेदनशील प्रकृतिका निर्णयबाहेक अन्य विषयमा
मन्त्रिपरिषद्बाट भएका निर्णय सामान्यतः चौबीस घण्टापछि सार्वजनिक गर्ने ।
तर, प्रवक्ताले उपयुक्त ठह¥याएको कुनै सार्वजनिक महत्वको विषयमा सोभन्दा अगाडि
पनि सार्वजनिक गर्न सक्नेछ ।
(ख) मन्त्रिपरिषद्बाट जारी गर्नुपर्ने सार्वजनिक महत्वका सूचना, वक्तव्य, विज्ञप्ति आदि सार्वजनिक
गर्ने ।
(ग) मन्त्रिपरिषद्ले तोकेको अन्य कार्य गर्ने ।