अनुसूची
प्रवेश अनुमतिपत्र दिन उपयुक्त नदेखिएमा दिईने जानकारीको ढाँचा

अनुसूची–६
(नियम ५ को उपनियम (६) सँग सम्बन्धित)
प्रवेश अनुमतिपत्र दिन उपयुक्त नदेखिएमा दिईने जानकारीको ढाँचा
नेपाल सरकार
कृषि तथा सहकारी मन्त्रालय
कृषि विभाग
बाली संरक्षण निर्देशनालय
राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम
……………..कार्यालय

श्री … … … … … … …
… … … … … … … …

विषयः प्रवेश अनुमतिपत्र दिन उपयुक्त नदेखिएको व्यहोरा जानकारी गराईएको ।े ।

तपाईले देहायको बस्तु पैठारी गर्ने प्रवेश अनुमतिपत्र पाउनको लागि यस कार्यालयमा मिति …………मा दिनु भएको निवेदन उपर कारबाही हुँदा देहायको आधार र कारणबाट त्यस्तो वस्तु पैठारी गर्ने प्रवेश अनुमतिपत्र दिन उपयुक्त नदेखिएको व्यहोरा बिरुवा संरक्षण ऐन, २०६४ को दफा ८ को उपदफा (३) तथा बिरुवा संरक्षण नियमावली, २०६६ को नियम ५ को उपनियम (६) बमोजिम जानकारीको लागि अनुरोध गरिन्छ ।
१. प्रवेश अनुमतिपत्र पाउनको लागि दिएको निवेदन संख्या र मितिः
२. पैठारी गर्न चाहेको बस्तुको बिबरणः
(क) वस्तुको नामः
(ख) परिमाण (तौल÷संख्या)ः
(ग) पोकाहरुको संख्याः
(घ) पहिचान चिन्हः
(ङ) निकासी गर्ने मुलुकको नामः
(च) बिजक संख्याः

३. प्रवेश नाकामा ल्याईएका वस्तुकोलागि प्रवेश अनुमति माग गरेको भएमा,–
(क) त्यस्तो वस्तु निरीक्षण गरेको मितिः
(ख) निरीक्षण गरेको स्थानः
(ग) कन्साइनमेन्टको विवरणः

४. प्रवेश अनुमतिपत्र दिन उपयुक्त नदेखिएको आधार र कारणहरुः
(क) निषेधित कन्साईनमेन्ट भएको (के कस्तो कन्साईनमेन्ट हो र कुन कानूनबाट निषेधित हो प्रष्ट खुलाउने)
(ख) पैठारी शर्त तथा बन्देज अनुरुप नभएको (के कस्तो शर्त तथा बन्देज अनुरुप भएन प्रष्ट खुलाउने)
(ग) उपचार उपलब्ध नभएको (के कस्तो उपचार गर्नु पर्ने थियो र त्यस्ता उपचार नेपालभित्र उपलब्ध भए नभएको र भएमा आर्थिक रुपले संभव भए नभएको प्रष्ट खुलाउने)
(घ) कागजातहरु अपर्याप्त वा आधिकारीक नभएको (कुन कुन कागजात नपुगेको हो खुलाउने)
(ङ) अन्य कुनै कारण भएमा खुलाउनेः

निर्णय गर्ने अधिकारीको,–
मितिः                                                 दस्तखतः
कार्यालयको छापः                               नाम थरः
पदः