नियम
प्रवेश अनुमतिपत्रको नवीकरण सम्बन्धी व्यवस्था
“(१) नियम ५ को उपनियम (२) बमोजिम प्राप्त गरेको प्रवेश अनुमतिपत्र नवीकरण गराउन चाहने व्यक्ति वा संस्थाले प्रवेश अनुमतिपत्रको म्याद समाप्त हुनुभन्दा एक दिन अगावै त्यस्तो अनुमतिपत्र जारी गरेको केन्द्र वा कार्यालय: प्रमुख समक्ष नवीकरण गर्नका लागि अनलाइन प्रणाली मार्फत निवेदन दिनु पर्नेछ। "

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर कार्यालय प्रमुखले आवश्यक जाँचबुझ गर्दा प्रवेश अनुमतिपत्रको नवीकरण गर्न मनासिब देखेमा चारसय रुपैया दस्तुर लिई बढीमा तीन महिनासम्मको लागि त्यस्तो प्रवेश अनुमतिपत्र नवीकरण गरी दिन सक्नेछ ।