नियम ४१
प्रश्न उत्तर समय
(१) अध्यक्षले अन्यथा आदेश दिएमा बाहेक प्रत्येक बैठकको पहिलो एक घण्टा प्रश्न सोध्न तथा उत्तर दिनको निमित्त रहनेछ । (२) प्रश्न उत्तरको समय समाप्त भएपछि बैठकको कार्यसूची बमोजिमका अन्य कारबाही प्रारम्भ हुनेछ ।