नियम ४८
प्रश्न सम्बन्धी शर्त
देहाय बमोजिमका प्रश्नहरू स्वीकार्य हुने छैनन् ः- (क) अस्पष्ट, (ख) धेरै लामो, तथ्यहीन, निरर्थक वा महत्वहीन, (ग) स्पष्ट पार्नको निमित्त अत्यावश्यक भएमा बाहेक कसैको नाम वा वक्तव्य रहेको, तर प्रश्नमा नाम वा वक्तव्य रहेकोमा त्यसको यथार्थताको जवाफदेही प्रश्नकर्ता स्वयम् नै हुनेछ । (घ) उत्तर वा सुझाव सङ्केत गर्ने वा खास दृष्टिकोणको प्रचार गर्ने किसिमको, (ङ) राय मागिएको, (च) कुनै एक प्रश्नको उत्तरको रुपमा जानकारी दिन नसक्ने नीति सम्बन्धी विषय भएको, (छ) मिथ्या अभिव्यक्ति, कोरा तर्क, आधारहीन अनुमान, आरोप, आक्षेप, व्यङ्गोक्ति वा आपत्तिजनक शब्दहरू भएको, (ज) काल्पनिक वा अनुमानित समस्याको समाधान माग गरिएको, (झ) कुनै समिति समक्ष विचाराधीन रहेको विषय वा समितिले सभा समक्ष पेश गरिसकेको प्रतिवेदनको विषय भएको, (ञ) कुनै अन्य स्रोतबाट सहजै ज्ञात हुन सक्ने विषय भएको ।