नियम ४६
प्रश्नको उत्तर
(१) प्रत्येक सदस्यले राखेका प्रश्नको मौखिक उत्तर माग भएकोमा मौखिकरुपमा र लिखित उत्तर माग भएकोमा लिखितै रुपमा सम्बन्धित मन्त्रीले बढीमा दश दिनभित्र उत्तर दिने गरी अध्यक्षबाट समयको व्यवस्थापन हुनेछ । (२) लिखित प्रश्न र उत्तरको प्रति प्रत्येक सदस्यलाई उपलब्ध गराइनेछ ।