नियम ४३
प्रसूति बिदा
(१) महिला कर्मचारी गर्भवती भएमा निजले आफ्नो सेवा अवधिभरमा दुई पटक सम्म सुत्केरीको अघिपछि गरी प्रत्येक पटक साठी दिन प्रसूति बिदा लिन पाउनेछिन् ।
(२) प्रसूति बिदामा बस्दा महिला कर्मचारीले पूरा तलब पाउनेछिन् ।
(३) सुत्केरी भएका महिला कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म वेतलवी प्रसुती बिदा लिन पाउनेछिन् ।
तर उपनियम (१) र (३) बमोजिमको बिदा लगातार हुनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको वेतलवी प्रसुती बिदामा बसेको अवधि नोकरी अवधिमा जोडिने छ ।
(५) प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा पाएका कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई वटा वच्चाको लागि जनही एकमुष्ट पाँचहजार रूपैयाँ शिशु स्याहार भत्ता दिईनेछ ।
(६) प्रसूति बिदा लिएको अभिलेख सचिवालयले अद्यावधिक बनाइ राख्नु पर्नेछ ।