नियम ४४
प्रसूति स्याहार बिदा
(१) कुनै पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।
(२) प्रसूति स्याहार बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) प्रसूति स्याहार बिदा सेवा अवधिभर दुई पटक मात्र दिइनेछ ।
(४) प्रसूति स्याहार बिदा लिएको कर्मचारीले बिदा लिएको मितिले तीनमहिना भित्र श्रीमती सुत्केरी भएको निस्सा वा वच्चाको जन्मदर्ता प्रमाणपत्र आफू कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधि भित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने निजामती कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।
(६) प्रसूति स्याहार बिदाको अभिलेख सचिवालयले अद्यावधिक बनाइ राख्नु पर्नेछ ।