नियम ६०
प्रस्ताव निष्क्रिय हुने र पुन पेश गर्न नपाइने
(१) बैठकमा प्रस्ताव पेश गर्ने अनुमति प्राप्त भइसकेपछि पनि पेश नगरिएको प्रस्ताव स्वतः निष्क्रिय हुनेछ । (२) यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक राष्ट्रिय सभाको चालू अधिवेशनमा कुनै प्रस्तावद्वारा छलफल गरिएको वा निर्णय भइसकेको एकै विषयको प्रस्ताव वा सोही विषयको प्रस्तावलाई संशोधनद्वारा पुन पेश गर्न पाइने छैन । (३) चालू अधिवेशनमा दर्ता भएको प्रस्तावमाथि छलफल नभएमा स्वतः निष्क्रिय हुनेछ ।