नियम १५
प्रस्ताव पेश गर्ने
(१) कोषले सञ्चालन गर्ने कार्यक्रमका सम्बन्धमा समय समयमा सञ्चार माध्यमबाट सार्वजनिक सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्रकाशित सूचना बमोजिम कार्यक्रम सञ्चालन गर्न चाहने वित्तीय संस्था वा सहकारी संस्थाले कोषले निर्धारण गरेको ढाँचामा प्रस्ताव पेश गर्न सक्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त प्रस्ताव स्वीकृत भए पछि समितिले तोकेको ढाँचामा त्यस्तो वित्तीय संस्था वा सहकारी संस्थाबीच सम्झौता गरिनेछ ।