नियम ५७
प्रस्ताव सम्बन्धी शर्त
(१) देहायको कुनै कुरा रहेको प्रस्ताव स्वीकार्य हुनेछैन ः- (क) संविधानको धारा १०५ ले बन्देज गरेका विषयहरू वा संविधानको अन्य कुनै व्यवस्था विपरित भएको, (ख) एकभन्दा बढी विषयहरू समावेश भएको, (ग) विषयवस्तु अस्पष्ट वा अनिश्चित  भएको, (घ) कोरा तर्क, अनुमान, व्यङ्ग्योक्ति, असम्बद्ध, आक्षेपयुक्त वा अरू कुनै अनुमानित वा आपत्तिजनक कुरा रहेको, (ङ) कुनै व्यक्तिले सार्वजनिक वा सरकारी हैसियतले बाहेक व्यक्तिगत हैसियतले गरेको काम कुरा सम्बन्धी आचरणको उल्लेख गरेको, (च) राष्ट्रिय सभा वा यसका कुनै समितिको निर्णय वा सभामा विचाराधीन रहेको विषयको आलोचना गरेको, (छ) प्रचलित कानून बमोजिम स्थापित न्यायिक वा अर्धन्यायिक निकाय वा अधिकारी वा प्रचलित कानून बमोजिम जाँचबुझ गर्न, सुझाव दिन, प्रतिवेदन पेश गर्न गठित आयोग वा समितिको विचाराधीन रहेको विषय उल्लेख भएको, (ज) चालू अधिवेशनमा पहिले भइसकेको छलफललाई दोहो¥याउने प्रयास गरिएको, (झ) अशिष्ट भाषा प्रयोग गरिएको, (ञ) मन्त्रिपरिषद्को कुनै निर्णय वा कुनै कारबाही सम्बन्धी विषयमा छलफल गर्दा राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता वा कूटनीतिक सम्बन्ध जस्ता संवेदनशील विषयहरूमा आँच आउन सक्ने भनी मन्त्रिपरिषद्बाट प्रमाणित गरिएको विषय समावेश भएको, र (ट) विशेषाधिकारको प्रश्न उठाइएको । (२) उपनियम (१) को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्षलाई सो खण्डमा उल्लिखित आयोग वा समितिको कार्यमा कुनै प्रतिकूल प्रभाव नपर्ने भन्ने लागेमा जाँचबुझको कार्यविधि र कार्य प्रगतिको विषयसम्ममा सीमित रही प्रस्ताव पेश गर्न अध्यक्षले अनुमति दिन सक्नेछ ।