प्रस्तावको ढाँचा
(नियम २१ सँग सम्बन्धित)
नेपाल सरकार
………………………… मन्त्रालय
विषयः–
प्रस्ताव पेश गर्न विभागीय मन्त्रीबाट स्वीकृति प्राप्त मितिः–
१. विषयको संक्षिप्त व्यहोराः–
२. प्राप्त परामर्श तथा अन्य प्रासङ्गिक कुराः–
३. प्रस्ताव पेश गर्नुपर्नाको कारण र मन्त्रालयको सिफारिसः–
४. निर्णय हुनुपर्ने व्यहोराः–
संलग्न ः– निर्देशिका
प्रस्तावको प्रकरणमा रहने विवरणसम्बन्धी निर्देशिका
१. “विषयको संक्षिप्त व्यहोरा” अन्तर्गत रहने विवरणः–
विषयवस्तुको पृष्ठभूमि, यस बारे पहिले कुनै निर्णय भएको भए सोको विवरण, प्रस्तावित निर्णय कार्यान्वयन
प्रक्रिया, समयावधि, कार्यक्षेत्र, कार्यान्वयन गर्ने निकाय र लाग्ने आर्थिक दायित्वसमेत स्पष्ट उल्लेख गरी कुनै
योजनाको विषय भए सो बारे छोटकरी विवरण उल्लेख गर्ने ।
२. “प्राप्त परामर्श तथा अन्य प्रासङ्गिक कुरा” अन्तर्गत मन्त्रिपरिषद्का समितिहरु, मन्त्रालयहरु, राष्ट्रिय योजना
आयोग र अन्य निकायहरु लगायत विशेषज्ञहरुले दिएको परामर्शसमेत उल्लेख गर्ने । कानूनी परामर्शको हकमा
प्रतिलिपि नै समावेश गर्ने ।
प्रस्तावमा उल्लिखित संघ संस्थासम्बन्धी विवरण, अन्तर्राष्ट्रिय सभा, सम्मेलनका सम्बन्धमा भए सो बारे नेपालले
अपनाउनु पर्ने दृष्टिकोण र नेपालको प्रतिनिधित्व गर्ने व्यक्तिले वक्तव्य दिने भए त्यसमा परराष्ट्र मन्त्रालयबाट
स्वीकृति लिएको व्यहोरासहित वक्तव्यको सारांश समावेश गर्ने । साथै, प्रस्तावित विषयसँग सम्बन्धित नक्सा,
डिजाइन वा चित्र समावेश गरी सोको उल्लेख यहाँ गर्ने ।
३. “प्रस्ताव पेश गर्नुपर्नाको कारण” र मन्त्रालयको सिफारिस अन्तर्गत ः–
यस विषयमा आइपरेको कठिनाइ र समस्या, प्रस्तावित निर्णयको औचित्य र आवश्यकता तथा त्यसबाट पर्नेसक्ने
प्रभाव ।
प्रस्तावित विषयमा नेपाल सरकारको प्रचलित नीति, यस विषयमा अन्य वैकल्पिक व्यवस्था गर्न सकिने भए सोको
विवरण । मन्त्रालयको स्पष्ट सिफारिसको व्यहोरा उल्लेख गर्नु पर्दछ ।
४. “निर्णय हुनुपर्ने व्यहोरा”ः–
जुन विषयमा जे जस्तो निर्णय हुन प्रस्ताव गरिएको हो सोको स्पष्ट व्यहोरा राख्ने ।
यस निर्देशिकामा नेपाल सरकारबाट थपघट हुन सक्नेछ ।