Preamble
प्रस्तावना

मेलमिलाप सम्बन्धी ऐन, २०६८

प्रमाणीकरण र प्रकाशन मिति

२०६८।१।२६

संवत् २०६८ सालको ऐन नं. २

मेलमिलापको कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना: मेलमिलापको माध्यमबाट छिटो, छरितो तथा सरल प्रक्रियाबाट विवादको समाधान गर्न र विवाद समाधानको प्रक्रियालाई कम खर्चिलो बनाई न्यायमा सर्वसाधारणको पहुँच वृद्धि गराई सर्वसाधारणको हित र सुविधा कायम गर्न मेलमिलापको कार्यविधिका सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधान सभाले यो ऐन बनाएको छ ।