Preamble
प्रस्तावना
ःसर्वसाधारण जनताको आधारभूत आवश्यकता पूरा गर्न, सामाजिक तथा आर्थिक विकास गर्न तथा स्वस्थ वातावरणको प्रवद्र्धन गर्न र राष्ट्रिय वनलाई सरकारद्वारा व्यवस्थित वन, चकला वन, संरक्षित वन, साझेदारी वन, सामुदायिक वन, कबुलियती वन र धार्मिक वनको रुपमा व्यवस्थापन गरी वनको विकास, संरक्षण तथा वन पैदावारको सदुपयोग गर्न र निजी वनको संरक्षण र विकासमा सहयोग पुर्याउन वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ