Preamble ०
प्रस्तावना
ः देशको आर्थिक विकासको लागि सरकारी वित्तको समुचित व्यवस्थापनमा सघाउ पुर्याउन तथा वित्तीय र मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गर्दै आन्तरिक बचत परिचालनलाई प्रोत्साहन गर्न ऋणपत्र निष्कासन गरी राष्ट्र ऋण उठाउने व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा संसदले यो ऐन बनाएको छ ।