नियम २२
प्रस्तावसाथ संलग्न हुनुपर्ने कागजपत्र
(१) नियम २१ को उपनियम (१) बमोजिम मन्त्रिपरिषद्को निर्णयार्थ कुनै
विषय पेश गर्नुपर्दा सचिवले सम्बन्धित मन्त्रीको त्यसरी स्वीकृति प्राप्त भएको दुई कार्यदिनभित्र सो विषयसँग सम्बन्धित आवश्यक विवरणसमेत
समावेश गरी क्याबिनेट स्वचालित प्रणालीमा प्रविष्ट गराई आवश्यक सङ्ख्यामा गरेको संख्यामा प्रस्ताव तयार गरी आफ्नो दस्तखत सहित मन्त्रिपरिषद्को
सचिव कहाँ पठाउनु पर्नेछ ।
(१क) उपनियम (१) बमोजिम मन्त्रिपरिषद्मा पेश गरिएको विषयको जवाफदेहिता सम्बन्धित मन्त्रीमा रहनेछ।
(२) उपनियम (१) बमोजिमको प्रस्तावसाथ पठाएका कागजपत्रहरु कानूनसम्मत तथा पर्याप्त छन्
छैनन् जाँच्ने र कानूनसम्मत वा पर्याप्त नभएमा नियमित वा पर्याप्त बनाउने काम मन्त्रिपरिषद्को सचिवको
हुनेछ ।
 चौथो संशोधनद्वारा थप ।
(३) उपनियम (१) बमोजिम मन्त्रिपरिषद्को सचिवकहाँ प्राप्त हुन आएको प्रस्ताव प्रधानमन्त्रीको
निर्देशनको अधीनमा रही प्राथमिकताक्रम निर्धारण गरी निर्णयको लागि मन्त्रिपरिषद्मा पेश गर्नुपर्नेछ ।