दफा २०
प्रहरी कार्यालयमा पठाउनु पर्ने
: (१) सङ्गठित अपराधका सम्बन्धमा प्रहरी कार्यालय बाहेक अन्य कुनै निकायमा कुनै उजूरी परेमा त्यस्तो निकायले भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी मुद्दाको उजूरी तथा कुनै प्रमाण संलग्न गरेको भए सो समेत संलग्न गरी सम्बन्धित निकायमा र अन्य उजूरीको हकमा सम्बन्धित प्रहरी कार्यालयमा तुरुन्त पठाउनु पर्नेछ ।
(२) प्रचलित कानून बमोजिम कसूर मानिने कुनै कार्यका सम्बन्धमा सो कसूर अनुसन्धान गर्न अधिकारप्राप्त निकाय वा अधिकारीबाट भएको अनुसन्धानबाट त्यस्तो कसूर स·ठित अपराध देखिन आएमा उजूरी, आरोप लागेको व्यक्ति र अनुसन्धानको सिलसिलामा तयार भएका कागजात तथा सड्ढलित प्रमाण सम्बन्धित प्रहरी कार्यालयमा तुरुन्त पठाउनु पर्नेछ ।
तर भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी मुद्दाको प्रचलित कानून बमोजिम अनुसन्धान गर्ने निकाय वा अधिकारीले त्यस्तो मुद्दाकोअनुसन्धान आफैं गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम उजूरी, आरोप लागेको व्यक्ति, कागजात वा प्रमाण प्राप्त हुन आएमा सम्बन्धित प्रहरी कार्यालयले अनुसन्धान गरी आवश्यक कारबाही गर्नु पर्नेछ ।