नियम
प्राइभेट फर्मको अवधि र नवीकरण

(१) रजिष्ट्रेशन भएको प्राइभेट फर्मको अवधि पाँच वर्षको हुनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ हुँदाका बखत बहाल रहेको प्राइभेट फर्मको अवधि त्यस्तो प्राइभेट फर्म रजिष्ट्रेशन वा नवीकरण सम्बन्धी प्रमाणपत्रमा उल्लेख भएको अवधिसम्म कायम रहनेछ


(२क) रजिष्ट्रेशन भएको प्राइभेट फर्मको उपनियम (१) वा (२) बमोजिमको अवधि समाप्त भएपछि नवीकरण गर्दा पाँच वर्षको लागि गरिनेछ।

(३) प्राइभेट फर्म नवीकरण गराउन चाहने प्राइभेट फर्मको धनीले उपनियम (१) वा (२) बमोजिमको अवधि समाप्त हुनुभन्दा ३५ दिन अगावै
प्राइभेट फर्म नवीकरण गराउनको लागि देहायका कागजात संलग्न गरी सम्बन्धित कार्यालयमा दरखास्त दिनु पर्नेछ :–
(क) आयकर (स्थायी लेखा नम्बर) दर्ता प्रमाणपत्रको प्रतिलिपी,
(ख) अघिल्लो आर्थिक वर्षको कर तिरेको निस्सा, र
(ग) पचासलाख रुपैयाँ वा सो भन्दा बढी पूँजी भएको प्राईभेट फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन र सम्बन्धित प्राइभेट फर्मको प्रोप्राइटरले प्रमाणित गरेको अनुसूची- 2ख. बमोजिमको वार्षिक कारोबारको फाँटवारी ।
स्पष्टीकरण : यस नियमावलीको प्रयोजनको लागि “सम्बन्धित कार्यालय” भन्नाले वाणिज्य व्यवसायको लागि काठमाडौं उपत्यकाको हकमा सम्बन्धित विभाग र अन्यत्रको हकमा वाणिज्य कार्यालय भएको जिल्लामा सोही कार्यालय तथा त्यस्तो कार्यालय नभएको जिल्लामा सम्बन्धित विभागले तोकिदिएको कार्यालय र उद्योग व्यवसायको लागि सम्बन्धित विभाग र घरेलु तथा साना उद्योग कार्यालय भएको जिल्लामा सोही कार्यालय तथा त्यस्तो कार्यालय नभएको जिल्लामा सम्बन्धित विभागले तोकिदिएको कार्यालय सम्झनु पर्छ र सो शब्दले प्रदेश सरकारको बाणिज्य तथा उच्चोग हेर्ने बिभाग वा कार्यालयलाई समेत जनाउँछ ।

(३क) XXXXX

(४) उपनियम (३) बमोजिम दरखास्त प्रा भएमा सम्बन्धित कार्यालयले देहाय बमोजिमको दस्तुर लिई त्यस्तो प्राइभेट फर्म नवीकरण, नाम सारी वा नाम परिवर्तन गरिदिनु पर्नेछ :-
(क) नवीकरण दस्तुर नियम ४ बमोजिमको रजिष्ट्रेशन दस्तुरको दश प्रतिशतले हुन आउने रकम ।
(ख) रजिष्ट्रेशन प्रमाणपत्रको तीन सय रुपैयाँ । प्रतिलिपि दस्तुर
(ग) नामसारी दस्तुर फर्म रजिष्ट्रेरन गर्न लाग्ने दस्तुर बराबरको रकम ।
(घ) नाम परिवर्तन दस्तुर फर्म रजिष्ट्रेशन गर्न लाग्ने दस्तुरको पचास प्रतिशतले हुन आउने रकम।

(५) उपनियम (३) बमोजिमको अवधिभित्र प्राइभेट फर्म नवीकरण गराउन नसकेको . प्राइभेट फर्मको धनीले सोको मनासिब कारण खुलाई प्राइभेट फर्मको अवधि समाप्त भएको मितिले दश वर्षभित्र नवीकरणको लागि सम्बन्धित कार्यालयमा दरखास्त दिन सक्नेछ।

(५क) उपनियम (५) बमोजिम दिएको दरखास्त जाँचबुझ गर्दा मनासिब: देखिएमा सम्बन्धित कार्यालयले पैंतिस दिनभित्र देहाय बमोजिमको अवधिसम्मको लागि देहाय बमोजिमको नवीकरण दस्तुर लिई त्यस्तो प्राइभेट फर्म नवीकरण गरी दिनु पर्नेछः

(क) प्राइभेट फर्मको अवधि समाप्त भएको मितिले तीन महिनासम्मको लागि उपनियम (४) को खण्ड (क) बमोजिमको दस्तुरको दोब्बर दस्तुर,

(ख) खण्ड (क) मा उल्लिखित अवधि समाप्त भएको दिनदेखि एक वर्षसम्मको लागि उपनियम (४) को खण्ड (क) बमोजिमको दस्तुरको तेब्बर दस्तुर,

(ग) खण्ड (ख) मा उल्लिखित अवधि समाप्त भएको दिनदेखि पाँच: वर्षसम्मको लागि उपनियम (४) को खण्ड . (क) बमोजिमको दस्तुरको चार गुणा दस्तुर,

(घ) खण्ड (ग) मा उल्लिखित अवधि समाप्त भएको दिनदेखि दश वर्षसम्मको लागि उपनियम (४) को खण्ड (क) बमोजिमको दस्तुरको पाँच गुणा दस्तुर।

(६) उपनियम (५) बमोजिम म्यादभित्र पनि कुनै प्राइभेट फर्मको धनीले प्राइभेट फर्म नवीकरण गराउन दरखास्त नदिएमा त्यस्तो प्राइभेट फर्म खारेज गर्ने सम्बन्धमा सम्बन्धित विभागले ऐनको दफा ७ख. बमोजिम आवश्यक कारबाही गर्नेछ ।

(६क) कुनै व्यक्तिको नाममा दर्ता रहेको प्राइभेट फर्म निजको हकवालाको नाममा नामसारी गर्नु परेमा देहाय बमोजिमका विवरण तथा कागजात संलग्न राखी अनुसूची-२क बमोजिमको ढाँचामा सम्बन्धित विभागमा दरखास्त दिनु पर्नेछः-
(क) प्राइभेट फर्मको सक्कल दर्ता प्रमाणपत्र,
(ख) स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ग) लिने दिने दुवैको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
(घ) अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र वा कर विवरण दाखिला गरेको निस्सा,
(ङ) प्राइभेट फर्म धनीको मृत्यु भई नामसारी गर्नु पर्ने अवस्था भएमा मृत्यु दर्ताको प्रमाणपत्र, हकवालासँगको नाता प्रमाणित कागज र अन्य हकवाला पनि भए निजको मञ्जुरीनामा ।
(६ख) उपनियम (६क) बमोजिम पेश हुन आएको दरखास्तमा विभागको नामसारी गरिदिने अधिकृतले आफ्नो रोहवरमा दुवै पक्षलाई सनाखत गराई नियम ४ को उपनियम (१) बमोजिम लाग्ने दस्तुर बराबरको रजिष्ट्रेशन दस्तुर लिई नामसारी गर्न चाहेको व्यक्तिको नाममा प्राइभेट फर्म नामसारी गरी अनुसूची - २ बमोजिमको ढाँचामा प्रमाणपत्र उपलब्ध गराउनु पर्नेछ ।
(६ग) उपनियम )६ख) बमोजिम नामसारी गराई लिने प्राइभेट फर्म धनीमा साविक फर्मको सम्पूर्ण दायित्व सर्नेछ ।
(६घ) फर्मको नामसारी सम्बन्धमा हकवाला बीचमा विवाद भएमा त्यस्तो विवाद प्रचलित कानून बमोजिम निरुपण भई आएपछि मात्र विभागले नामसारी सम्बन्धी कारबाही गर्नेछ ।
(६ङ) कुनै कारणले प्राइभेट फर्मको नाम वा रजिष्ट्रेशन नम्बर दोहोरो परी सञ्चालनमा रहेको पाइएमा पहिले रजिष्ट्रेशन भएको प्राइभेट फर्मको नाम र्‌ नम्बर यथावत राखी पछि रजिष्ट्रेशन भएको प्राइभेट फर्मलाई नयाँ नाम र नम्बर दिन सकिनेछ।

(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो उपनियम प्रारम्भ हुँदाका बखत कायम रहेका प्राइभेट फर्मको नवीकरण, नामसारी वा नाम परिवर्तन ऐनको दफा ५क. बमोजिम सम्बन्धित प्रदेश सम्बन्धित प्रदेश कानूनमा व्यवस्था नहुन्जेल सम्म यस नियमावली बमोजिम गर्न सकिनेछ । त्यसरी प्राइभेट फर्मको नवीकरण, नामसारी वा नाम परिवर्तन गरेको मितिले सात दिन भित्र त्यसको जानकारी सम्बन्धित प्रदेशको सम्बन्धित मन्त्रालयलाई दिनु पर्नेछ ।