दफा १०
प्राज्ञिक परिषद्को गठन
(१) विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कार्यलाई व्यवस्थित गर्ने निकायको रूपमा काम गर्न एक प्राज्ञिक परिषद् रहनेछ ।
(२) प्राज्ञिक परिषद्को गठन देहाय बमोजिम हुनेछः–
(क) उपकुलपति –अध्यक्ष
(ख) रजिष्ट्रार –सदस्य
(ग) डीन –सदस्य
(घ) विश्वविद्यालयका विभिन्न विषय समितिका अध्यक्षहरूमध्येबाट तीनजना –सदस्य
(ङ) क्याम्पस प्रमुखहरूमध्येबाट एकजना –सदस्य
(च) शिक्षकहरूमध्येबाट कम्तीमा एक जना महिला  सहित दुई जना –सदस्य
(छ) डीनहरूमध्येबाट उपकुलपतिले तोकेको डीन –सदस्य सचिव
(३) उपदफा (२) बमोजिमका पदेन सदस्य बाहेक अन्य सदस्यको मनोनयन उपकुलपतिबाट हुनेछ ।
(४) उपदफा (२) बमोजिमका मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(५) कुनै कारणले प्राज्ञिक परिषद्का मनोनीत सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि उपदफा (३) बमोजिमको प्रक्रिया पूरा गरी अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।
(६) प्राज्ञिक परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ र त्यसरी नतोकिएसम्मको लागि बैठक सम्बन्धी कार्यविधि प्राज्ञिक परिषद् आफैले निर्धारण गर्न सक्नेछ ।