दफा १३
प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेट
: प्राथमिक अन्वेषण अवधिमा गरिने पेट्रोलियम खर्च र उक्त अवधिमा ठेकेदारले गर्न चाहेको अन्वेषण कार्यहरूको संक्षेपीकरण सहितको कार्यक्रम र बजेट लागू मितिले तीस (३०) दिनभित्र ठेकेदारले विभागमा पेश गर्नेछ । त्यस्तो कार्यक्रम र बजेटमा ठेकेदारले पहिलो करार वर्षमा गर्न चाहेको अन्वेषण कार्यहरू र सोही करार वर्षमा गरिने सम्बन्धित पेट्रोलियम खर्चहरू उल्लेख गरिएको हुनेछ ।