दफा १२
प्राधिकरणका कर्मचारीहरु
(१) प्राधिकरणको कार्य संचालन गर्नको लागि प्राधिकरणमा आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन् ।
(२) उपदफा (१) बमोजिमका कर्मचारीहरुको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरू तोकिए बमोजिम हुनेछन् ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि प्राधिकरणको कर्मचारीहरुको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले प्राधिकरणको अनुरोधमा नेपाल सरकार वा कुनै संगठित संस्थाका कर्मचारीहरुलाई प्राधिकरणबाटै तलब भत्ता खाने गरी प्राधिकरणमा काम गर्न काजमा खटाउन सक्नेछ ।