दफा १o३ङ
प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको नियुक्ति:
(१) प्राधिकरणको अध्यक्ष तथा सदस्यको
नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी
नेपाल सरकारलाई सिफारिस गर्न देहाय
बमोजिमको सिफारिस समिति गठन हुनेछः-
(क) लोकसेवा आयोगको अध्यक्ष वा निजले
तोकेको सो आयोगको सदस्य - संयोजक (ख) नेपाल सरकारको पूर्व अर्थ सचिवहरूमध्येबाट मन्त्रालयले तोकेको एकजना - सदस्य
(ग) आर्थिक तथा वित्तीय, कानून वा-सहकारी क्षेत्रमा कम्तीमा पन्ध्र;वर्ष कार्य अनुभव भएको व्यक्तिहरु मध्येबाट मन्त्रालयले तोकेको विज्ञ एकजना - सदस्य (२) उपदफा (१) बमोजिमको
सिफारिस समितिले: पन्ध्र दिनको समय दिई
कुनै राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी देहायको योग्यता भएका नेपाली नागरिकबाट दरखास्त आह्वान गर्नेछ:- (क) _ दफा १०३ग. बमोजिमको योग्यता पुगेको, (ख) दफा १०३घ. बमोजिम अयोग्यता नरहेको, (ग) साढी वर्ष उमेर पूरा नभएको ।
(३) उपदफा (२) बमोजिमको सूचनामा उल्लिखित अवधिभित्र योग्यता पुगेका इच्छुक व्यक्तिले देहायका कागजात सहित सिफारिस समिति समक्ष दरखास्त दिनु पर्नेछः-
(क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, (ख) न्यूनतम शैक्षिक योग्यता तथा अनुभव खुल्ने कागजातको प्रतिलिपि, (ग) स्वघोषणा।
(४) उपदफा (३) बमोजिम दरखास्त दिने व्यक्तिले त्यस्तो दरखास्तसाथ पाँच हजार शब्दमा नबढाई तयार गरेको सहकारी सङ्घ संस्था नियमन सम्बन्धी व्यावसायिक कार्ययोजना समेत छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नु पर्नेछ।
(५) उपदफा (१) बमोजिमको सिफारिस समितिले. अध्यक्ष र सदस्य पदमा नियुक्तिको लागि सो समितिले बनाएको मापदण्ड बमोजिम नेपाल सरकार समक्ष उपलब्ध भएसम्म प्रत्येक पदको लागि बढीमा तीनजनाको नाम सिफारिस गर्नेछ।
(६) उपदफा (५) बमोजिम सिफारिस भएका व्यक्ति मध्येबाट नेपाल सरकारले अध्यक्ष र सदस्य पदमा नियुक्त गर्नेछ।
(७) अध्यक्ष र सदस्यको पदावधि चार वर्षको हुनेछ र निजको पुनः एकपटकको लागि नियुक्ति हुन सक्नेछ।
(८) उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि अध्यक्ष र सदस्यले पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ। तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइ पेस गर्ने उचित मौका दिनु पर्नेछ।