दफा १o३ज
प्राधिकरणको काम, कर्तव्य र अधिकारः
(१) प्राधिकरणको काम, कर्तव्य र अधिकार
देहाय बमोजिमको हुनेछ:-
(क) बचत तथा क्रृणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, अनुगमन, सुपरीवेक्षण तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाई कार्यान्वयन गर्ने गराउने,
(ख) बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड (प्रुडेन्सियल स्ट्याण्डर्डस्) जारी गर्ने,
(ग) बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षण गर्ने, गराउने,
(घ) प्राधिकरणले आफूलाई प्राप्त केही अधिकार रजिष्ट्रार, प्रदेश रजिष्ट्रार र स्थानीय. तहको सहकारी हेर्ने अधिकृत मार्फत कार्यान्वयन गर्न गराउन सक्ने,
(ङ) बचतकर्ताको बचत सुरक्षाको सुनिश्चित गर्न आवश्यक कार्य गर्ने, बचत तथा क्रृणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमित रूपमा निरीक्षण गर्ने, उजुरी लिने, प्राप्त उजुरी उपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिने,
(च) नियमन तथा सुपरीवेक्षणका लागि नेपाल चार्टड एकाउन्टेन्ट संस्थाको समन्वयमा रोष्टर तयार गरी बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउने,
(छ) सहकारीको व्यवस्थापन सूचना प्रतिवेदन प्रणालीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा लागू गर्ने गराउने,
(ज) बचत तथा _क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको ८ निरीक्षण गर्न आवश्यकता_ अनुसार निरीक्षण अधिकारी तोक्ने,
(झ) प्रदेश रु स्थानीय तहका बचत तथा क्र्णको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको प्रदेश र स्थानीय तहसँग समन्वय गरी संयुक्त रूपमा नियमन, अनुगमन तथा सुपरीवेक्षण गर्ने गराउने,
(ज) नियमन सम्बन्धमा तोकिए बमोजिमका अन्य कार्य गर्ने।
(२) प्राधिकरण समक्ष परेको बचत रकम हिनामिना लगायतका उजूरीको कारबाही र किनारा गर्दा प्राधिकरणलाई प्रचलित कानून बमोजिम जिल्ला अदालतलाई भए सरहको देहाय बमोजिमको कार्य गर्ने अधिकार हुनेछः-
(क) कुनै व्यक्तिलाई प्राधिकरण समक्ष उपस्थित गराई बयान गराउने वा जानकारी लिने, (ख) साक्षी बुझ्ने,
(ग) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कुनै निकाय वा सार्वजनिक संस्थामा रहेको कुनै लिखत कागजात: पेस गर्न आदेश दिने,
(घ) स्थलंगत निरीक्षण गर्ने, गराउने तथा दसी प्रमाण पेस गर्न आदेश दिने।
(३) प्राधिकरणले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिमको कुनै विषय पालना नगर्ने नगराउने बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई पाँच लाख रूपैयाँदेखि पन्ध्र लाख रुपैयाँसम्म जरिबाना- गर्न सक्नेछ र त्यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
(४) प्राधिकरणले कुनै बचत तथा 'क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालक, पदाधिकारी, व्यवस्थापक वा कर्मचारीले यस ऐन वा ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ र त्यस्तो सञ्चालक, पदाधिकारी, व्यवस्थापक वा कर्मचारीलाई प्रचलित कानून बमोजिम कारबाहीका लागि लेखी पठाउन सक्नेछ।
(५) उपदफा (३) वा (४): बमोजिम प्राधिकरणले गरेको निर्णयमा. चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय भएको: मितिले पैँतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ।
(६) प्राधिकरणले यस ऐन बमोजिम बचत तथा क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन सम्बन्धी काम गर्दा दफा २३क. बमोजिम नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशन तथा मापदण्डलाई समेत पालन गर्नु पर्नेछ।
(७) प्राधिकरणले तेस्रो पक्षको जेथा जमानत - सम्बन्धमा आवश्यक शर्तहरु तोक्न सक्नेछ।
(८) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राधिकरणले बचत तथा 'क्रणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन, अनुगमन र सुपरीवेक्षण गर्न कुनै बाधा पर्ने छैन र त्यसरी नियमन, अनुगमन र सुपरीवेक्षण गर्दा सम्बन्धित तहसँग समन्वय गरी गर्नु पर्नेछ।