दफा १०
प्राधिकरणको कोष
(१) प्राधिकरणको आफ्नो छुट्टै कोष हुनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्‌ः-
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) प्रदेश सरकार वा स्थानीय तहबाट प्राप रकम,
(ग) कुनै सङ्घ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(घ) विदेशी व्यक्ति, सरकार वा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाबाट प्राप्त रकम,
(ङ) सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले सार्वजनिक यातायात सञूचालनको लागि पटके रूपमा उपलब्ध गराएको अनुदान रकम,
(च) यातायात सेवा व्यवस्थापन गरे बापत प्राधिकरणले तोके बमोजिमको भाडा रकम,
(छ) प्राधिकरणले व्यापारिक केन्द्र, शपिङ्ग मल वा आवास क्षेत्र समेट्ने गरी यातायात सेवा सञूचालन गरेको अवस्थामा त्यस्ता केन्द्र, मल वा आवास क्षेत्रबाट सेवा बापत तोकिए बमोजिमको नियमित वा पटके रूपमा उठेको रकम, र (ज) प्राधिकरणले लगाएको अन्य सेवा शुल्क, दस्तुर र जरिबाना बापत प्राप्त रकम।
(३) उपदफा (२) को खण्ड (घ) बमोजिमको रकम प्राप्त गर्नु अघि प्राधिकरणले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(४) प्राधिकरणको तर्फबाट गरिने सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ।
(५) उपदफा (१) बमोजिमको कोषको सञ्चालन प्राधिकरणले तोके बमोजिम हुनेछ।