दफा १३
प्राधिकरणको सचिव

(१) नेपाल सरकारले प्राधिकरणको सचिवको रुपमाकार्यगर्न निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको अधिकृतहरुमध्येबाट एकजनालाई तोक्नेछ ।
(२) सचिवको काम, कर्तब्य र अधिकार देहाय बामोजिम हुनेछ ः–
(क) प्राधिकरणको प्रशासकीय प्रमुखको हैसियतमा काम गर्ने,
(ख) प्राधिकरणले गर्ने पुनर्निर्माण सम्बन्धी कार्यको लागि आवश्यक पर्ने बस्तु तथा सेवा खरिद गर्ने,गराउने,
(ग) प्राधिकरणलाई आवश्यक पर्ने सूचना तथा विवरण संकलन गर्ने,
(घ) कार्यकारी समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने गराउने,
(ङ) कार्यकारी समितिबाट निर्णय हुनुपर्ने विषयमा प्रस्ताव तयार गरी कार्यकारीसमितिको बैठकमा पेश गर्ने,
(च) कार्यकारी समितिको निर्देशन बमोजिम सञ्चालित कार्यक्रमको अनुगमनतथा निरिक्षण गर्ने, गराउने,
(छ) तोकिए बामोजिम अन्य कार्यहरु गर्ने, गराउने ।