नियम १९
प्राविधिक परीक्षकबाट अनियमितता भएमा गर्ने

प्राविधिक परीक्षणको सिलसिलामा कुनै प्राविधिक परीक्षकले कुनै किसिमको अनियमितता गरेको छ भन्ने सम्बन्धमा प्रमाण सहित केन्द्रलाई जानकारी भएमा केन्द्रले त्यस्तो प्राविधिक परीक्षकलाई तुरुन्त निलम्वन गरी सो सम्बन्धमा छानवीन गर्नु पर्नेछ।