नियम २५
प्राविधिक परीक्षण परामर्श समितिको गठन
(१) प्राविधिक परीक्षणको कार्यलाई प्रभावकारी बनाउने कार्य समेतको लागि देहाय बमोजिम एक प्राविधिक परीक्षण परामर्श समिति गठन गरिएको छः –
(क) प्रमुख, राष्ट्रिय सतर्कता केन्द्र संयोजक
(ख) सचिव वा निजले तोकेको सहसचिव भौतिक योजना तथा निर्माण मन्त्रालय सदस्य
(ग) सचिव वा निजले तोकेको सहसचिव जलश्रोत मन्त्रालय सदस्य
(घ) सचिव वा निजले तोकेको सहसचिव स्थानीय विकास मन्त्रालय सदस्य
(ङ) सचिव वा निजले तोकेको सहसचिव राष्ट्रिय योजना आयोग सदस्य
(च) केन्द्रले छानेको सम्बन्धित विषयको विशेषज्ञ सदस्य
(छ) केन्द्रको सहसचिव (प्राविधिक परीक्षण महाशाखा) सदस्य–सचिव
(२) प्राविधिक परीक्षण परामर्श समितिको बैठक वर्षको कम्तीमा दुई पटक बस्नेछ ।
(३) प्राविधिक परीक्षण परामर्श समितिले आवश्यकता अनुसार कुनै विषयको विशेषज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(४) प्राविधिक परीक्षण परामर्श समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आपैंmले निर्धारण गरे बमोजिम हुनेछ ।