नियम १८
प्राविधिक परीक्षण सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्ने

(१) प्राविधिक परीक्षकले नियम १४ मा लेखिएका विषयहरुमा आयोजनाको प्राविधिक परीक्षण गरी करारनामामा उल्लेख भएको अवधिभित्र केन्द्रले तोकेको ढाँचामा आयोजनाको प्राविधिक परीक्षण सम्बन्धी प्रतिवेदन केन्द्र समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा अन्य कुराहरुको अतिरिक्त आयोजनाको प्राविधिक परीक्षण गर्दा त्यसमा देखिएका कमी कमजोरी, सम्बन्धित आयोजना प्रमुख वा कर्मचारीबाट आयोजना कार्यान्वयन गर्दा भएको लापरवाही वा अनियमितता, निजले गरेको बदनियतपूर्ण कार्य वा त्रुटि वा आयोजनाका कायम नगरिएको गुणस्तर वा आयोजना कार्यान्वयन गर्दा प्रचलित कानून बमोजिम पालना गर्नु पर्ने कुनै विषय पालना नगरिएको भए सो समेत खुलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको प्रतिवेदनबाट कुनै आयोजनामा लापरवाही, अनियमितता वा बदनियपूर्ण कार्य वा त्रुटि भएको, कायम गर्नु पर्ने गुणस्तर कायम नगरेको वा आयोजना कार्यान्वयन गर्दा प्रचलित कानून बमोजिम पालना गर्नु पर्ने कुनै विषय पालना नगरिएको कारण आयोजनालाई हानी नोक्सानी भएको वा गुणस्तर कायम नगरी लागतको अङ्कको आधारमा भ्रष्टाचार भएको शंका गर्ने आधार र कारण देखिएमा केन्द्रले सो सम्बन्धमा थप कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।