नियम १४
प्रोत्साहन सुविधा
मन्त्रालयले यस नियमावली बमोजिम बर्ड फ्लू नियन्त्रण कार्यका लागि नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक रोग अन्वेषण, रेपिड रेस्पोन्स समेतका प्रतिकार्य काममा खटाइएका कर्मचारी वा व्यक्तिलाई नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रोत्साहन सुविधा उपलव्ध गराउन सक्नेछ ।