दफा ११
फरक फरक सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सक्ने
(१) कोषले सामाजिक सुरक्षा योजनामा
सहभागी योगदानकर्ताको कामको प्रकृति र आवश्यकताका आधारमा फरक फरक प्रकृतिको सामाजिक
सुरक्षा योजना सञ्चालन गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि एकै प्रकृतिका वा समान
योगदानकर्तालाई फरक फरक लाभ हुने गरी कुनै सुरक्षा योजना सञ्चालन गरिने छैन ।