नियम
फर्म रजिष्टर गराउन दरखास्त दिनु पर्ने
(१) निकासी पैठारी व्यापार सम्बन्धी प्राइभेट फर्म रजिष्ट्रेशचत गराउन चाहने व्यक्तिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा दरखास्त दिनु पर्नेछ।
(२) उपनियम (१) मा लेखिएको विषय बाहेकका अन्य विषयको प्राइभेट फर्म रजिष्ट्रेशन गराउन चाहने व्यक्तिले सम्बन्धित विभागमा दरखास्त दिनु पर्नेछ ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेशको अधिकारक्षेत्रभित्र पर्ने प्राइभेट फर्मको रजिष्ट्रेशन गराउन चाहने व्यक्तिले सम्बन्धित प्रदेश कानून बमोजिम रजिष्ट्रेनको लागि सोही कानूनले तोकेको निकायमा दरखास्त दिनु पर्नेछ।
(३) ऐनको दफा ५क. बमोजिमको कानूनी व्यवस्था . नभएसम्मको लागि बाणिज्य सम्बन्धी विषयका प्राइभेट फर्म रजिष्ट्रेन गराउनका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा दरखास्त दिन सकिनेछ ।
(४) यस नियम बमोजिम दरखास्त दिँदा नियम ४ बमोजिमको दस्तुर संलग्च गरी अनुसूची-१ बमोजिमको ढाँचामा दिनु पर्नेछ।