नियम २९
फाँटवालाको काम र कर्तव्य
यस नियमावलीमा उल्लेख भएको काम र कर्तव्यका
अतिरिक्त फा“टवालाको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :—
(क) निवेदनपत्र र मुद्दा सम्बन्धी अन्य लिखतहरु बुझिलिने, मुद्दाको मिसिलको तायदाती फाराम बनाई क्रमसंख्या अनुसार लिखतहरु चढाउने,
(ख) मुद्दाको रुपमा कारबाही हुने निवेदनपत्र दर्ता भई सदस्यको आदेश भएपछि प्रतिवादीलाई म्याद पठाउने,
(घ) न्यायाधिकरणको म्यादमा वा पक्राउ परी आउने प्रतिवादीको बयान वा
थुनछेकको आदेशको लागि न्यायाधिकरण समक्ष पेश गर्न इजलास सहायकलाई मिसिल जिम्मा दिने,
(ङ) न्यायाधिकरणमा पेश भई आएको, लगातार सुनुवाई भइरहेको र फैसला
सुनाउने तारेख तोकिएको मिसिल बाहेक सुनुवाईको लागि पेश गर्न
इजलास सहायकको जिम्मा दिएका मिसिल सोही दिन इजलास
सहायकबाट आफ्नो जिम्मामा लिने,
(च) मुद्दा किनारा लागेपछि इजलास सहायकबाट मिसिल जिम्मा लिई
मिसिलमा रीतपूर्वक कागज रहेको छ छैन जा“च्ने र फैसला वा आदेश
बमोजिम जारी गर्नु पर्ने म्याद, सूचना, पूर्जी समेत जारी गरी लगत
कस्न दिई फैसला वा आदेश तयार भएको मितिले पन्ध्र दिनभित्र
पञ्जिका दुरुस्त गराएर रजिष्ट्रारको निस्सा लगाई उक्त
पञ्जिकासहितको मिसिल तुरुन्त अभिलेख शाखामा बुझाई दिने,
(छ) आफ्नो फाँटको दर्ताकिताव तयार गरी मुद्दाको मिसिल जिम्मा लिई लगत राख्ने,
(ज) आफ्नो फा“टमा दाखिल गर्न ल्याएका निवेदन बुझी लिई सदस्य समक्ष पेश गर्ने,
(झ) फैसला कार्यान्वयन गराउन सम्बन्धित जिल्ला अदालतमा पठाउने,
(ञ) आफ्नो जिम्माको चालू मिसिलको कागजपत्रको नक्कल रीत पुर्याई दिने ।