दफा ३८
फिरौती लिएको अनुमान गर्न सक्ने
सङ्गठित अपराधको अभियुक्तले कसैलाई अपहरण गरी वा नगरी वा शरीर बन्धक बनाई वा नबनाई कसैबाट फिरौती माग गरी पत्राचार गरेको वा टेलिफोन, मोबाइल फोन वा अन्य कुनै सञ्चारका माध्यमबाट डर, त्रास देखाएको वा धम्की दिएकोमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले फिरौती लिएको भनी अदालतले अनुमान गर्न सक्नेछ ।