नियम १४
फैसला आदेश लेख्ने
(१) फैसला र आदेश गर्ने सदस्यहरुमध्ये कुनै एक सदस्य आफैंले लेख्नु पर्छ वा आफैंले बोली न्यायाधिकरण सहायक वा स्टेनोबाट टिपाउन सकिनेछ । यसरी तयार भएको फैसला वा आदेशमा सो लेख्ने वा लेखाउने वा टाईप गराउने सदस्यले सही गरेपछि फैसला आदेशसित सहमत हुने सदस्यहरुले पनि सही गर्नु पर्छ ।
(२) फैसला आदेश गर्दा सदस्यहरुको विभिन्न राय भएमा वा राय उही भए पनि व्यहोरा बेग्ला बेग्लै भएमा राय व्यहोरा मिल्नेहरुको एउटै र नमिल्नेले आफ्नो छुट्टै फैसला आफैं लेख्न वा टिपाउनु पर्छ ।
(३) सदस्यले बोलेर टिपाएको फैसला आदेश टिप्नेले पनि फैसला आदेशको पुछारमा देब्रेपट्टि अध्यक्ष वा फलाना सदस्यले बोलेर टिपाए बमोजिम फलानाले टिपेको भनी लेखी सही गर्नु पर्छ ।