दफा ७०
फैसला कार्यान्वयन गर्न बाधा नपर्ने
(१) सर्वोच्च अदालतले अन्यथा आदेश दिएमा बाहेक पुनरावलोकनको निवेदन परेका कारणले मात्र फैसला कार्यान्वयन गर्न बाधा पर्ने छैन।
(२) अदालतबाट सम्पत्ति जफत हुने ठहरी फैसला भएकोमा फैसला तयार भएको सात दिनभित्र फैसलाको प्रतिलिपि साथै राखी फैसला कार्यान्वयन गर्नु पर्ने बिवरण खुलाई सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।
(३) अदालतको फैसलाले जफत हुने वा रोक्का राखे ठहरेको सम्पत्ति सर्वोच्च अदालतबाट भएको फैसलासहितको मिसिल प्राप्त भएको वा पुनरावेदनको म्याद भुक्तान भएको सात दिनभित्र फैसला बमोजिम रजिस्ट्रारले रोक्का वा जफत गर्नका लागि लेखी पठाउनु पर्नेछ।
(४) अदालतको फैसलाले फुकुवा हुने ठहरेको सम्पत्ति पुनरावेदनको म्याद भुक्तान भएपछि वा पुनरावेदन परेकोमा सर्वोच्च अदालतबाट फैसला भएपछि सम्बन्धित पक्षले फैसलाको प्रतिलिपिसहित फुकुवाको लागि निवेदन दिएमा फैसला बमोजिम रजिस्ट्रारले फुकुवाको लागि आदेश गर्नेछ।