दफा ७५
फैसला बमोजिम लागेको अदालती शुल्क र दण्ड जरिबाना दाखिला गर्नु पर्ने

(१) मुद्दाको कुनै पक्षले शुरु तहको फैसला उपर पुनरावेदन दिँदा वा पहिलो तहको पुनरावेदन सुन्ने अदालतले गरेकोपुनरावेदन फैसला उपर दोस्रो तहको पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन गर्दा फैसला बमोजिम निजले अर्कोपक्षलाईभराई दिनु पर्ने ठहरेको अदालती शुल्क दाखिला गर्नु पर्नेछ ।
(२) मुद्दाका कुनै पक्षले कानून बमोजिम पुनरावलोकन गरी वा मुद्दा दोहोर्‍याई पाउँ भनी निवेदन दिँदा फैसला बमोजिमलागेको अदालती शुल्क दाखिला गर्नु पर्नेछ ।
(३) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दाको कुनै पक्षलाई फैसला बमोजिम कुनै दण्ड जरिबानालागेको भए त्यस्तो दण्ड जरिबाना दाखिला नगरी वा सो बापत जमानत नदिई कुनै पुनरावेदनपत्र वा मुद्दा पुनरावलोकनगरीवा दोहोर्‍याई पाउँ भनी दिएको कुनै निवेदनपत्र दर्ता हुने छैन ।