नियम २२
फैसला भएको जानकारी गराउने
अदालतले पीडितलाई कोषबाट अन्तरिम क्षतिपूर्ति वा राहत रकम उपलब्ध गराउन आदेश दिएको वा कसूरदारको सम्पत्ति नभएको वा प्रचलित कानून बमोजिम पीडितले कोषबाट क्षतिपूर्ति वा राहत पाउने गरी आदेश वा फैसला भएको मुद्दाको आदेश वा फैसलाको जानकारी सम्बन्धित अदालतले सञ्चालक समितिलाई दिनु पर्नेछ ।