दफा ५७
फैसला भएपछि गर्नु पर्ने कारबाही
(१) फैसलाले कैद वा जरिबाना लागेको व्यक्ति उपस्थित भएमा तत्कालै पक्राउ गरी लगत कसी असुल उपर गर्ने व्यवस्था मिलाउनु पर्नेछ।
(२) फैसला तयार भएपछि इजलास अधिकृतले राय किताबमा जनाई फाँटवालालाई मिसिल फिर्ता दिनु पर्नेछ।
(३) फैसला बमोजिम पक्षलाई दिनुपर्ने पुनरावेदनको म्याद वा फैसलाको जानकारी पक्षको वतनमा तामेल गर्न पन्ध्र दिनभित्र अदालतका कर्मचारीद्वारा वा सम्बन्धित जिल्ला अदालत वा सरकारी कार्यालय मार्फत तामेल गर्नु पर्नेछ।
(४) फाँटबालाले फैसला बमोजिमको लगत असुलीका लागि पन्ध्र दिनभित्र लगत अधिकारी समक्ष पठाउनु पर्नेछ।
(५) उपनियम (३) र (४) बमोजिमको कार्य सम्पन्न गरी सम्बन्धित फाँटवालाले पन्ध्र दिनभित्र पञ्जिका सहितको मिसिल अभिलेख शाखामा बुझाउनु पर्नेछ।
(६) मुद्दामा प्रमाण मिसिल संलग्न भए अभिलेख शाखाले पुनरावेदनको म्याद समाप्त भएपछि सम्बन्धित निकायमा फिर्ता पठाउनु पर्नेछ।