नियम २०
फैसला वा आदेशको कार्यान्वयन
   (१) न्यायाधिकरणको फैसला वा अन्तिम आदेशबमोजिम लागेको दण्ड, जरिबाना, बिगो कैदको लगत राखी सो दण्ड जरिबाना असुल गर्न र बिगो भरिभराउ तथा असुल उपर गर्नको लागि सुरु कारबाई भएको अड्डा वा कार्यालयमा लगत पठाउनु पर्छ । लगत आएपछि सम्बन्धित अड्डा वा कार्यालयले सो लगतबमोजिम आवश्यक कारबाई तदारुखसाथ गर्नु गराउनु पर्छ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि न्यायाधिकरणबाट मुद्दा फैसला वा अन्तिम किनारा हुँदा दण्ड, जरिबाना बिगो कैद लागेको व्यक्ति रुजू हाजिर रहेकोमा सजायको भागी व्यक्तिबाट फैसला वा अन्तिम आदेशबमोजिमको दण्ड जरिबाना बिगो त्यतिखेर नै असुल उपर गर्नु पर्छ ।
(३) उपनियम (१) र (२) बमोजिम बाहेक अरु कुनै रुपबाट दाखिल हुन आएको नगदी जति  फाँटमा दाखिल हुनासाथ तुरुन्त स्रेस्तेदारले बुझी लिनु पर्छ र छिनुवा मिसिल लगत दिने काम समाप्त भएपछि पुनरावेदन परेदेखिको कागजात मिसिल शाखामा बुझाई नक्कल फैसला र सुरु मिसिल सम्बन्धित अड्डामा पठाई दिनु पर्छ ।