नियम ३८
फैसला वा आदेशमा हेरफेर गर्न नहुने
(१) फैसला वा आदेशमा सदस्यको दस्तखत
भईसकेपछि सो फैसला वा आदेशमा कसैले कुनै पनि किसिमले हेरफेर गर्नु हु“दैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फैसला वा अन्तिम
आदेशमा इन्साफमा हेरफेर नहुने लिपिको भूलबाट साधारण त्रुटीसम्म भए छुट्टै
आदेश गरी भूलसुधार गर्न सकिनेछ ।