दफा २००
फैसला सुनिपाएको कागज गराउनु पर्ने

(१) अदालतबाट मुद्दाको फैसला भएपछि मुद्दाको पक्ष हाजिर रहेको भए निजलाई फैसला सुनाई मुद्दा फैसला भएको सुनिपाएको व्यहोराको कागज गराई मिसिलमा सामेल गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पक्ष हाजिर नरहेकोमा निजको वारिस भए वारिसलाई त्यस्तो कागज गराउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम फैसला सुनाउँदा कुनै पक्ष उपस्थित नभएमा मुद्दा फैसला गर्ने अदालतले फैसला तयार भएको तीनदिनभित्र त्यस्तो पक्षको नाममा अनुसूची–२० बमोजिमको ढाँचामा परिच्छेद–८ बमोजिमको प्रक्रिया पूरागरी आफैँले वा तल्लो अदालत मार्फत पुनरावेदन लाग्ने भएमा फैसला भएको सूचना सहित पुनरावेदनको म्याद रपुनरावेदन नलाग्ने भएमा फैसला भएको सूचना तामेल गर्न पठाउनु पर्नेछ ।
(४) उपदफा (३) को प्रयोजनको लागि फैसला गर्दाको बखत मुद्दाको पक्ष आफैँ, निजको वारिस उपस्थित भएको वा निजकोकानून व्यवसायी उपस्थित भई बहस पैरवी गरेको रहेछ भने मुद्दाको पक्ष उपस्थित भएको मानिनेछ।
(५) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतले फैसला सुनी पाएको कागज गराएकोदिनमा नै फैसला तयार गरी न्यायाधीशले हस्ताक्षर गरी प्रमाणीकरण गरेकोमा बाहेक अन्य अवस्थामा फैसला सुनीपाएको कागज गराएको भए पनि दफा १९८ बमोजिम फैसला प्रमाणीकरण भएको दिनलाई फैसला सुनी पाएको दिन मानिनेछ।