दफा १९८
फैसलाको ढाँचा

(१) दफा १९७ बमोजिम भएको निर्णयको आधारमा अदालतलेएक्काईस कार्य दिनभित्र अनुसूची–१९ बमोजिमको ढाँचामा फैसला तयार गरिसक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम तयार गरिएको फैसला मिति उल्लेख गरी न्यायाधीशले हस्ताक्षर गरी प्रमाणीकरण गर्नु पर्नेछ ।(२क) उपदफा (१) बमोजिमको अवधिभित्र फैसला तयार हुन नसकेमा त्यस्तोअवधि समाप्त भएको तीन दिनभित्र सम्बन्धित पक्षले उच्च अदालत र मातहत अदालतको फैसलाको हकमा सम्बन्धितउच्च अदालतका मुख्य न्यायाधीश समक्ष र सर्वोच्च अदालतको फैसलाको हकमा प्रधान न्यायाधीश समक्ष उजुर गर्नसक्नेछ।(२ख) उपदफा (२क) बमोजिम उजुर पर्न आएकोमा सम्बन्धित मुख्य न्यायाधीश वा प्रधानन्यायाधीशले एक हप्ताभित्र फैसला तयार गरिसक्न सम्बन्धित न्यायाधीशलाई निर्देशन दिनु पर्नेछ।
(३) अदालतले प्रत्येक हप्ता त्यस्तो हप्ताभित्र उपदफा (२) बमोजिम प्रमाणीकरण भएका फैसलाको विवरण अदालतको सूचनापाटीमा टाँस गरी आफ्नो वेभसाईटमा समेत राख्नु पर्नेछ ।