(१) स्थानीय निकायले फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन गर्दा देहायका कुराहरु अवलम्बन गर्ने गरी गर्नु पर्नेछः–
(क) फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन गर्दा निस्कने लिचेट, ग्यास र दुर्गन्ध लगायतका कारणबाट त्यस क्षेत्रको वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव न्यूनिकरणका उपायहरु,
(ख) फोहरमैला व्यवस्थापन स्थलको भौगोलिक अवस्थामा आउन सक्ने परिवर्तन र त्यसको व्यवस्थापनका उपायहरु,
(ग) फोहरमैला व्यवस्थापन स्थल वरिपरिको जनजीवनमा पर्न सक्ने आर्थिक, सामाजिक, भौतिक तथा जैविक प्रभाव र त्यसको व्यवस्थापनका उपायहरु,
(घ) फोहरमैला व्यवस्थापन स्थल सञ्चालनबाट उत्पन्न हुने अवसर त्यसको सदुपयोग सम्बन्धी व्यवस्था,
(ङ) फोहरमैला व्यवस्थापन स्थल सञ्चालनका समयमा सो स्थानमा आवतजावत बन्द गर्नु पर्ने र सो सम्बन्धमा अपनाउनु पर्ने सचेतना सम्बन्धी विषय ।
(२) फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन सम्बन्धी अन्य व्यवस्था स्थानीय निकायले सोको सम्बन्धमा तोकेको मापदण्ड तथा निर्देशिकामा उल्लेख गरिए बमोजिम हुनेछ ।