दफा ३०क
फोहोर मैला व्यवस्थापनको लागि रकम धरौटी लिन सक्ने
(१) नेपाल सरकारले तोके बमोजिमका हिमालचूली आरोहण गर्न जाने पर्वतारोही दलबाट फोहोर मैला व्यवस्थापनको लागि तोकिए बमोजिमको रकम धरौटी लिन सक्नेछ ।
(२) सम्बन्धित पर्वतारोही दलले आफ्नोे आरोहण सम्बन्धी कार्य पूरा गरेपछि आफ्नो साथमा लगेका तोकिए बमोजिमका वस्तुहरू आफ्नो साथ फिर्ता ल्याई नेपाल सरकारले तोकेको ठाउँमा पुयाएपछि उपदफा (१) बमोजिम राखेको धरौटी रकम सम्बन्धित पर्वतारोही दललाई तोकिए बमोजिम फिर्ता दिइनेछ ।(३) उपदफा (२) बमोजिम तोकेका वस्तुहरू सम्बन्धित पर्वतारोही दलले तोकेको स्थानमा नपुयाएमा त्यस्तो पर्वतारोही दलले उपदफा (१) बमोजिम राखेको धरौटी रकम सदर स्याहा गरी त्यस्तो वस्तुहरू सम्बन्धित स्थानमा पुयाउने व्यवस्था मिलाइने छ ।