नियम ६६
बचत तथा कर्जा सुरक्षण सम्बन्धी व्यवस्था
: (१) सहकारी बचत तथा कर्जा सुरक्षण कोषले आफ्ना सदस्य संस्थामा सदस्यले जम्मा गरेको तीन लाख रुपैयाँसम्मको बचत सुरक्षण गर्न सक्नेछ ।

(२) बचत तथा कर्जा सुरक्षण कोषले आफ्ना सदस्य संस्थाहरूबाट लगानी भएको कर्जा देहायबमोजिम सुरक्षण गर्न सक्नेछ :-

(क) तीस हजार रुपैयाँसम्मको आकस्मिक आवश्यकता कर्जा,

(ख) एक. लाख रुपैयाँसम्मको पशुधन कर्जा,

(ग) तीन लाख रुपैयाँसम्मको लघु, साना तथा मझौला उद्यम कर्जा,

(घ) पाँच लाख रुपैयाँसम्मको कृषि व्यवसाय कर्जा,

(ङ) दुई लाख रुपैयाँसम्मको अन्य कर्जा ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि बचत तथा कर्जा सुरक्षण कोषको पूर्व-स्वीकृति लिएको अवस्थामा दश लाख रुपैयाँसम्मको कर्जा सुरक्षण गर्न सकिनेछ । (४) यस नियमबमोजिम सुरक्षण गरिएको बचत वा कर्जा रकमको सीमा साँवामा ब्याजसमेत जोडी कायम गरिनेछ ।

तर एके सदस्यले एकभन्दा बढी प्रकारको _बचत गरेको बा कर्जा लिएकोमा त्यस्ता सबै प्रकारका बचत वा कर्जाको साँवामा ब्याज जोडी सीमा कायम गरिनेछ ।